News रोमाञ्चक जितका साथ फोर ब्रदर्श सेमिफाइनलमा
गोलनेपाल

दियोबजार । फोर ब्रदर्श एफसी, नवलपरासी जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा फोर ब्रदर्शले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

कञ्चन–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको खेलमा फोर ब्रदर्शका लागि नयन पुन र सुरज सुनारले गोल गरे । उता पराजित गोर्खा ब्वाईजका लागि सुवास बमले गोल गरेका थिए । खेलमा फोर ब्रदर्शका सुरज सुनार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत फागुन १३ देखि १५ गतेसम्म विश्राम दिइएको आयोजकले जानकारी दियो । फागुन १६ गतेको पहिलो सेमिफाइनलमा केबिए ग्लोबल भरतपुर एफसी, चितवन र फोर ब्रदर्श एफसी, नवलपरासी बीच हुने आयोजकले जानकारी दियो ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना तथा कञ्चन गाउँपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments