गोरखा । सतीपिपल क्लब यहाँ जारी सातौं गोरखाली रनिङ्ग कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा खोपलाङ्ग एफसीलाई १–४ ले हराउँदै सतीपिपलले आयोजक हरमटारी क्लबसँगको फाइनल भेट पक्का गरेको हो ।
हरमटारी रंगशालामा भएको खेलमा सतीपपलका लागि विक्की चाम्लिङ राईले दुई गोल गरे । त्यस्तै टिम्बा टिम्बा र कृपा चौधरीले थप एक–एक गोल गरे । उता पराजित खोपलाङका लागि समिन थापाले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा सतीपिपलका विक्की चाम्लिङ राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी प्राप्त गरे ।
सतीपिपलले आजै उपाधिका लागि आयोजक हरमटारी क्लबसँग फाइनल खेल्नेछ । गोरखा जिल्ला कै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन