News छैंटौ नेपाल एपिएफ स्कुल कप शुरु
गोलनेपाल

काठमाडौं । नेपाल एपिएफ स्कुल, किर्तिपुर–४ काठमाडौंको आयोजनामा छैटौ नेपाल एपिएफ स्कुल कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन कुल चार खेलहरु सम्पन्न भए ।

जसअन्तरगत आयोजक नेपाल एपिएफ स्कुल, लोयल्टी एकेडेमी र सैनिक आवासीय महाविद्यालयले आ–आफ्नो खेलमा जित हात पारे । पहिलो खेलमा नेपाल एपिएफ स्कुलले श्री बाघ भैरव बोर्डिङ स्कुललाई ७–० को फराकिलो अन्तरले हरायो । आयोजक स्कुलको जितमा अनिल कुमार शाह र सुरज खत्रीले ह्याट्रिक गरे भने प्रविन केसीले थप एक गोल गरे ।

त्यसैगरी दोस्रो खेलमा लोयल्टी एकेडेमीले न्यु भिजन एकेडेमीलाई ६–१ ले हरायो । लोयल्टीको जितमा छिरिङ नोर्बे शेर्पाले ४ गोल गरे भने किरण खड्काले २ गोल गरे । उता पराजित न्यु भिजनका लागि रजिन गौतमले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यस्तै तेस्रो खेलमा सैनिक आवासीयले राराहिल मेमोरियल सेकेण्डरी स्कुललाई ३–० ले हरायो । विजयी टोलीका लागि बिमर्स बिष्ट, आशिष घिसिमङ र बिमर्स थापाले १–१ गोल गरे ।

चौथो खेलमाभने ग्री नभिलेज ऐजुकेशन फाउण्डेशन स्कुल र जेम्स स्कुलबीचको खेल गोलरहित बराबरीमा सकियो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा कक्षा ८ सम्मका १४ बर्ष उमेर समुहका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने खेल संयोजक राजकुमार प्याकुरेलले बताए । 

Post Comments