News साबित्रालाई जर्मन स्टार ओजिलको जर्सी
गोलनेपाल

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारीले बंगलोरमा एक विशेष सम्मान ग्रहण गरेकी छिन् ।

हिरो इण्डियन वुमन लिगमा गोकुलमका लागि खेलिरहेकी साबित्रालाई चर्चित इङलिस क्लब आर्सनलका स्टार मिडफिल्डर मेसुत ओजिलका एजेन्ट इकुट सोगुटले ओजिलको जर्सी सहित सम्मान गरेका छन् ।

ओजिल, इल्काय गुन्डोगन, विश्वकप विजेता प्रशिक्षक जोचिम लौ, रोबर्ट पिरेज जस्ता फुटबलका हस्तीहरुको एजेन्ट बनिसकेका सोगुट इण्डियन वुमन लिग हेर्न बैंगलोर पुगेका थिए ।

सोही खेलमा गोकुलम केरला एफसीका लागि उत्कृष्ट प्रदर्शन गरेकी साबित्रालाई सोगुटले मेसुत ओजिलको जर्सी हस्तान्तरण गर्दै सम्मानित गरेका थिए ।

स्मरण रहोस, जारी लिगमा साबित्राले हालसम्म गोकुलमका लागि कुल १५ गोल गरिसकेकी छिन् । साथै, उनको टोली गोकुलम लिगको सेमिफाइनलमा समेत प्रवेश गरिसकेको छ ।

Post Comments