News एभनिर बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धरान । साँघुरो जितका साथ एभनिर एफसी, क्यामरुन जारी २३औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ एभनिरले बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । धरान रंगशालामा भएको खेलको १४औं मिनटमा सवा अलीले गरेको एक मात्र गोल क्यामरुनी टोलीलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो ।

खेलमा म्यान अफ द म्याच भने पराजित बागमतीका आयुष राना घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन १५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments