News कञ्चन कपको फाइनलमा फोर ब्रदर्श
सुरज राना मगर

दियोबजार । कठिन जितका साथ फोर ब्रदर्श एफसी, नवलपरासी यहाँ जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा केबिए ग्लोबल भरतपुर एफसी, चितवनलाई टाईब्रेकरमा हराउँदै फोर ब्रदर्श उपाधि नजिक पुगेको हो ।

कञ्चन–४ दियोबजार स्थित हिमालय फुटबल मैदानमा भएको रोमाञ्चक निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने फोर ब्रदर्शले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा फोर ब्रदर्शका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन १७ गते बुधबारको दोस्रो सेमिफाइनल खेल नेपालगञ्ज–११ र २८ बिगाहा एफसी, नवलपुरबीच हुने आयोजकले खेल संयोजक शंकर थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना तथा कञ्चन गाउँपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments