भद्रपुर । मंगलबार सम्पन्न मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी आर्मी फुटबल क्लबले जितेको छ । फाइनलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
मेची रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतपर्ः धकेलिएको थियो । टाईब्रेकरमा भने आर्मीले मँिच्छन्द्रलाई ४–३ ले निराश बनाउँदै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।
विजेता बनेको आर्मीले उपाधिसहित नगद १३ लाख हात पार्यो भने मच्छिन्द्रले ७ लाखमा चित्त बुझायो । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बने । त्यसवापत उनले नगद १ लाख र ट्रफी हात पारे ।
उत्कृष्ट गोलरक्षक आर्मीका सुमित श्रेष्ठ बन्दा उदियमान खेलाडी सौरभ लिम्बु घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार आशिष चौधरी र सुजल श्रेष्ठले संयुक्त रुपमा हात पारे । उत्कृष्ट प्रशिक्षक विजेता आर्मी कै राजु तामाङ घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।
भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजना, भद्रपुर नगरपालिकाको संरक्षकत्व र झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा फागुन ७ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक