News प्रथम अन्तरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

फुङलिङ , ‘फुङलिङ नगरपालिकाको चाहना, राष्ट्रिय खेलाडी उत्पादन र सुन्दर नगरको स्थापना’ भन्ने नाराका साथ यही फागुन २१ देखि २४ गतेसम्म प्रथम अन्तरपालिका स्तरीय उपमेयर रनिङ्ग कप महिला फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

फुङलिङ खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक क्षितिज सुनुवारले जानकारी दिए ।

जिल्ला फुटबल संघ, ताप्लेजुङको प्राविधिक सहयोग रहने प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही ९–९ हजारका दरले प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको पनि संयोजक सुनुवारले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुनेहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments