News ए डिभिजन लिगमा विद्यार्थीहरुलाई प्रवेश निःशुल्क
गोलनेपाल

काठमाडौं । आजदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा विद्यार्थीहरुलाई प्रवेश निःशुल्क गरिएको छ । यद्यपि विद्यार्थीहरुले निःशुल्क प्रवेशका लागि आफ्नो आधिकारिक परिचयपत्र भने देखाउनु पर्नेछ ।

एन्फाका अनुसार परिचयपत्रसहित आउने विद्यार्थीहरुलाई रंगशालामा सामान्य पारापिटतर्फ प्रवेश निःशुल्क गरिएको हो ।

स्मरण रहोस, लिगको आज हुने उद्घाटन खेलमा नवआगन्तुक टोली खुमलटार एफसी र फ्रेण्डस क्लब भिड्दै छन् । खेल दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।

Post Comments