News चौथो उर्लाबारी मेयर कपको उपाधि वार्ड नम्बर ८ को कब्जामा
गोलनेपाल

उर्लाबारी । चौथो उर्लाबारी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ८ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ३ लाई टाईब्रेकरमा ३–२ ले हराउँदै वार्ड नम्बर ८ विजेता बन्न सफल भएको हो ।

विजेता बनेको वार्ड नम्बर ८ ले उपाधिसहित नगद ७५ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर ३ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ सरोज धिमाल उत्कृष्ट गोलरक्षक घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर समिर तामाङ्ग उत्कृष्ट डिफेन्डर चुनिदा सन्नी लिम्बु सर्वाधिक गोलकर्ता बने । त्यसैगरी उदीयमान खेलाडीको पुरस्कार युग थापा मगरले हात पारे । वार्ड नम्बर ३ का सुरेश राई प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

राजघाट फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेल, उपमेयर मिना पौडेल, आयोजक क्लबका अध्यक्ष अर्जुन नाल्बो लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments