News मनभरा स्र्पोटिङ क्लबलाई उपाधि
गोलनेपाल

चागे । फागु पुर्णिमाको अवसर पारी आयोजित स्व. नर बहादुर साम्रा लिम्बु र स्व.सेति माया आङबुहाङ साम्रा लिम्बु स्मृति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि मनभरा स्र्पोटिङ क्लबले जितेको छ ।

फाइनलमा मनभराले आठराई नगरपालिका वार्ड नम्बर १ लाई शून्यका विरुद्ध ५ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । मनभराको जितमा सुकराज राई र मणिराज आन्चाङबोले दुई–दुई गोल गरे भने थप एक गोल लहन पतङवाले गरे ।

विजेता बनेको मनभराले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता आठराई नगरपालिका वार्ड नम्बर १ ले पनि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

दिपेश लिम्बु प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक सुवास तामाङ घोषित हुँदा उत्कृष्ट डिफेन्डर मिलन लिम्बुु चुनिए । उत्कृष्ट मिडफिल्डर सरोज लिम्बु बन्दा उत्कृष्ट फरवार्ड सुकराज लिम्बु घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि सुकराज लिम्बुले नै हात पारे ।

माछापुच्छ्रे हिटी क्लब, ताप्लेजुङको आयोजनामा भएको प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको थियो ।

 

Post Comments