News इटहरी गोल्डकप चैत ४ देखी
राजकुमार श्रेष्ठ

इटहरी । श्री राष्ट्रिय जागृति क्लब, सुनसरीको आयोजनामा यहि चैत्र ४ गतेदेखि १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । इटहरी स्थित त्रियुगा होटलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि अयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो ।

इटहरी रंगशालामा हुने प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले सहभागी जनाउने गोल्डकप संयोजक अनुरोध थापाले जानकारी दिए। जसमा डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, चर्च व्वाइज युनाइटेड, रोलिङ्ग क्लब, एभनिर फुटबल क्लब(क्यामरुन), कन्चनजंगा फुटबल क्लब(भारत) र आयोजक राष्ट्रिय जागृति क्लब रहेका छन् ।

१२ औं संस्करणमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लबले इटहरी गोल्डकपको उपाधि जितेको थियो । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच लाई नगर दस हजार प्राप्त गर्ने छन भने अन्य व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल भने चैत्र ११ गते शनिबारका दिन हुने पनि आयोजकले जानकारी दियो । इटहरी–९, सुनसरी स्थित इटहरी रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद दश लाख हात पार्नेछ भने उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Post Comments