News रारा र डाँडाबजार फाइनलमा भिड्ने
गोलनेपाल

धनकुटा । दोस्रो डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रारा फुटबल क्लब र आयोजक डाँडाबजार फुटबल क्लब भिड्ने भएका छन् ।

पहिलो सेमिफाइनलमा राराले पञ्चायन फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक डाँडाबजारले धरान सिटी फुटबल क्लबलाई ५–१ ले हराउँदै फाइनलमा रारासँगको भेट पक्का गरेको हो ।

डाँडाबजार फुटबल क्लब, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आज हुँदैछ ।

Post Comments