News भरतपुर–२४ गोल्डकप चैत्र पहिलो सातादेखि (खेलतालिकासहित)
गोलनेपाल

नयाँवस्ती । ‘खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ आउँदो चेत्र १ गतेदेखि तेस्रो भरतपुर–२४ गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

भरतपुर–२४, नयाँवस्ती स्थित सिद्धार्थ माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक भरतपुर–२४ र स्टार स्पोर्टस क्लबबीच हुनेछ ।

भरतपुर–२४ युवा तथा खेलकुद विकास समिति, चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत्र ११ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments