News आइ लिगको सेमिफाइनलमा एक अर्का विरुद्ध उत्रिदै साम्बा र अनिता
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन वुमन्स लिगतर्फ गोकुलम केरला एफसीका लागि खेलिरहेकी साबित्रा भण्डारीले समूह चरणको अन्तिम खेलमा पनि गोल गरेकी छिन् ।

समूह बी तर्फ बिदेश–११ स्पोर्टस क्लब विरुद्ध ०–५ को जित निकालेको खेलमा साबित्राले ६३औं मिनटमा एक गोल गरेकी थिईन् । यो गोलसँगै जारी लिगमा उनको गोल संख्या १६ पुगेको छ । यद्यपि खेलमा उनी ७३औं मिनटमा मैदान बाहिरिएकी थिईन् ।

त्यस्तै गोकुलमको जितमा खेलको चौथो मिनटमै कमलादेवीले पहिलो गोल गरेकी थिईन् । उमापति देवीले ८२औं मिनटमा र करिश्मा शिरवोइकरले ८६औं मिनटमा एक–एक गोल गरेकी थिईन् । थप एक गोल भने ५७औं मिनटमा सिन्डिया सौन्दतीकरले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।

यो नतिजासँगै गोकुलम समूह चरणमा शतप्रतिशत जितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । गोकुलमले सेमिफाइनलमा सोमबार अर्की नेपाली स्टार अनिता बस्नेतको टोली तथा डिफेन्डिङ च्याम्पियन सेथु एफसीसँग भिड्नेछ । त्यस्तै सोही दिन अर्को सेमिफाइनलमा क्रिप्सा र केंक्रे पनि आमने सामने हुनेछन् ।

स्मरण रहोस, साबित्रा र अनिताले गत संस्करणको लिग सेथु एफसीबाटै खेलेका थिए । त्यतिबेला यी दुवैले उत्कृष्ट प्रदर्शन गर्दै सेथुलाई लिग च्याम्पियन समेत बनाएका थिए । यद्यपि यसपटक यी दुवै खेलाडी एक अर्का विरुद्ध महत्वपूर्ण मानिएको सेमिफाइनलमा भिड्ने छन् ।

Post Comments