News अर्किड कप शुरु, श्रमशीलको विजयी सुरुआत
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन श्रमशील विद्यापीठले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा श्रमशीलले करियरलाई ३–२ गोलले पराजित गर्यो । अन्य खेलमा एकलब्यले एसएसएसभीएमलाई टाइब्रेकरमा ४–२ तथा ग्रिनविचले गणेश हिमाललाई ३–२ गोलले हराए ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । फागुन ३ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा ३६ टिम सहभागी छन् । पहिलो हुने टिमले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र चौथो हुनेले ५ हजार नगद पुरस्कार पाउने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।

Post Comments