News आयोजक डाँडाबजारले जित्यो उपाधि
गोलनेपाल

साँगुरीगढी । दोस्रो डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक डाँडाबजार फुटबल क्लबले नै जितेको छ । फाइनलमा रारा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै डाँडबजार च्याम्पियन बनेको हो ।

त्यसअघि साँगुरीगढी–५, डाँडाबजार स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि टाईब्रेकरमा भने आयोजक डाँडाबजारले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको डाँडबजारले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता रारा एफसीले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

डाँडाबजार फुटबल क्लबको आयोजनामा फागुन २४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments