बुटवल । शनिबार सम्पन्न मोफसलको प्रतिष्ठित मध्ये एक २२औं तिलोत्तमा गोल्डकपमा सुदुरपश्चिम–११ का फरवार्ड फागुराम थारु सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगिता कै सर्वोत्कृष्ट बनेका फागुरामले त्यसवापत एक थान होण्डा स्कुटर हात पारे । प्रतियोगिताको उत्कृष्ट फरवार्ड समेत चुनिएका उनले त्यसवापत नगद ३० हजार पनि प्राप्त गरे ।
त्यस्तै अन्य व्यक्तिगत विधातर्फ भने मनाङको वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक मनाङका जियारथ शेख बन्दा उत्कृष्ट डिफेन्डर मनाङका कप्तान आशिष गुरुङ बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि मनाङका बिसन गुरुङ बन्दा उत्कृष्ट प्रशिक्षक पनि मनाङ कै किरन श्रेष्ठ चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ३०–३० हजारसहित ट्रफी हात पारे ।
स्मरण रहोस, शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मनाङले सुदुरपश्चिमलाई सडन डेथमा हराउँदै विजेता बनेको थियो । त्यसअघि दुवै टोलीले निर्धारित समयको खेल १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने