News दिपकको डेब्यु गोलले भुटानसँग जोगियो नेपाल
गोलनेपाल

काठमाडौं । एक समय हारको संघारमा पुगेको नेपालले मंगलबार प्रधानमन्त्री थ्री नेशन्स कपमा भुटानसँग बराबरी खेल्दै फाइनल यात्रा तय गर्न सफल भएको छ । लिग चरणको अन्तिम खेलमा नेपाल र भुटानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे र नेपाल समूहको शिर्ष स्थानमा रहेर फाइनलमा पुग्यो ।

दशरथ रंगशालामा भएको खेलकोृ १९औं मिनटमा तेन्जिनको गोलबाट भुटानले सनसनीपूर्ण अग्रता बनाएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल विरुद्ध जित हात पार्न नसकेको भुटान खेलमा ऐतिहासिक जितको संघारमा समेत पुगेको थियो । तर ९०औं मिनटमा दिपक राज सिंह ठकुरीले नेपालका लागि बराबरी र आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए ।

यो नतिजासँगै भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले दुई खेलबाट ४ अंक जोड्दै शिर्ष स्थानमा रहेर फाइनल यात्रा तय गर्दा लाओसले २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा रही फाइनल यात्रा तय गर्न सफल भयो । भुटानले भने केवल १ अंक मात्र जोड्दै प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।

भुटान विरुद्ध नेपालका आयुष घलान प्लेयर अफ द म्याच घोषित भएका थिए ।अब उपाधिका लागि चैत १७ गते शुक्रबारका दिन नेपाल र लाओस उपाधिका लागि भिड्ने छन् ।

Post Comments