News साबित्रा फेरि चम्किदा गोकुलम फाइनलमा
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी चम्किएपछि उनको टोली गोकुलम केरला एफसी जारी हिरो इण्डियन वुमन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बैंगलोर फुटबल स्टेडियममा भएको सेमिफाइनल भिडन्तमा गोकुलमले डिफेन्डिङ च्याम्पियन सेथु एफसीलाई ३–० ले हरायो । गोकुलमको जितमा साबित्राले दुई गोल गरिन् ।

खेलमा गोलको खाता भने २२औं मिनटमा मनिषाले खोलेकी थिईन् । त्यसपछि मध्यान्तर हुनुअघि ४४औं मिनटमा साबित्राले गोकुलमका लागि दोस्रो गोल गरिन् भने ८४औं मिनटमा तेस्रो गोल गरिन् ।

जारी लिगमा साबित्राको यो १५औं गोल समेत हो । स्मरण रहोस, नेपाली महिला फुटबल टोलीकी अर्की स्टार अनिता बस्नेतले सेथु एफसीबाट खेलेकी थिईन् । तर, उनको उपस्थिति र प्रदर्शन सेथुको हार टार्न प्रर्याप्त बनेन ।

गोकुलमले अब फाइनलमा क्रिप्साको सामना गर्नेछ । क्रिप्साले सोमबार नै भएको अर्को सेमिफाइनलमा केंक्रे एफसीलाई ३–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments