गौरीगंगा । कैलालीको गौरीगंगा नगरपालिकामा जारी तेस्रो गौरीगंगा गोल्डकपमा सहभागि टोली कोहलपुर रेसिङ सहारा क्लबले खेलभावना विपरीतको क्रियाकलाप गरेको भन्दै आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबले कारवाही गरेको छ । क्लबले सोमबार विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराएको हो ।
सेमिफाइनलतर्फ स्टार सिटी क्लबविरुद्धको खेलमा कोहलपुर रेसिङले श्रम स्वीकृति नभएको तीन विदेशी खेलाडीहरुलाई खेलाउनु पर्ने अडान राख्दा र सोही कुराले चर्को विवादको रुप लिंदा खेल नै बिथोलिएको थियो । कोहलपुर रेसिङ सहारा क्लबका खेलाडी तथा पदाधिकारीहरुले दुव्र्यवहारका साथ मैदान छाडेपछि खेल थप तनावपुर्ण बनेको थियो ।
खेलभावना विपरीतको गतिविधी तथा खेलाडीहरुले खेल चलिरहेकै बेला मैदान छाडे आयोजकले प्रतियोगिताको नियमावलीअनुसार कोहलपुर रेसिङ क्लबलाई ५० हजार जरिवाना तिराउने निर्णय पनि गरेको छ । साथै गौरीगंगा गोल्डकपको आगामी संस्करणहरुमा कोहलपुर रेसिङ क्लबलाई सहभागिता नगराउने निर्णय समेत गरेको छ ।
त्यति मात्र नभएर कोहलपुर रेसिङ क्लबका अध्यक्ष चक्र क्षेत्री र खेलाडीहरुले आयोजकमाथि गरेको अभद्र व्यवहारको भत्र्सना गर्दै सम्बन्धित क्लबलाई कारवाहीका लागि माथिल्लो निकायसँग पनि माग गर्ने बताइएको छ ।
यो निर्णयसँगै कैलालीको स्टार सिटी क्लब स्वतः तेस्रो गौरीगंगा गोल्डकपको फाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।
प्रेस विज्ञप्ती पढ्नुहोस् ।

- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने