News फिक्कल युनाइटेड उपाधि नजिक
गोलनेपाल

सन्दकपुर । रोमाञ्चक जितका साथ फिक्कल युनाइटेड यहाँ जारी तेस्रो सन्दकपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सन्दकपुर स्थित सात खाल्डे खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा फिक्कले दमक फुटबल एकेडेमीलाई ३–२ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

देउराली स्र्पोटिङ क्लब, सन्दकपुर, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments