News लुम्बिनी ज्ञानज्योति र चरङ्गे उपाधिका लागि भिड्ने
गोलनेपाल

ठुटिपिपल । लुम्बिनी ज्ञानज्योति क्लब, सियारी र चरङ्गे फुटबल क्लब, देवदह जारी प्रथम कर्मज्योति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा लुम्बिनी ज्ञानज्योतिले हाटी अमुवा क्लबलाई १–० ले हरायो । खेलमा लुम्बिनी ज्ञानज्योतिका लागि सुबिन विश्वकर्माले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता सुबिन नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा चरङ्गेले न्यु स्टार एफसीलाई ३–२ ले हरायो । चरङ्गेको जितमा जितेश गुरुङ्गले दुई गोल गरे भने कप्तान सुरज घलानले थप एक गोल गरे । उता पराजित न्यु स्टारका लागि दुवै गोल सुवास बमले गरे । सुवास नै खेलको म्यान अफ द म्याच चुनिए ।

कर्मज्योति युवा क्लब, ओमसतिया–२, कर्मडाँडाको आयोजनामा जारी प्रतियोगिताको फाइनल यही चैत ३० गतेका दिन हुनेछ । विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

Post Comments