News पाँचथर: आनिसाक्थिम याङनाम गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

फिदिम १४ वसुमको आनिसाक्थिम युवा क्लब प्रथम याङनाम गोल्डकप २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम १० स्थित इमानसिं रंगशालामा आज भएको दोस्रो खेलमा जिल्ला प्रहरी कार्यालय पाँथरलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । आनिसाक्थिमले प्रहरीविरुद्ध पहिलो हाफ र दोस्रो हाफमा समान १-१ गोल गरेको हो । पहिलो हाफको ७ मिनेटमै कप्तान लक्ष्मण राईले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ११औँ मिनेटमा माल्दिना आङ्थुपोले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।

खेलमा फर्किने प्रयास गरे पनि प्रहरी टोली दोस्रो खेलबाट फर्किएको छ । खेलको म्यान अफ दी म्याच आनिसाक्थिमका आशिष लावती घोषित भए । उनले नगद १ हजार प्राप्त गरे । यसअघि भएका् पहिलो खेलबाट फिदिम स्पोर्टिङ क्लब क्वाटरफाइनल खेलमा प्रवेश गरेको थियो । फिदिमले नव सुशेली युवा क्लब फालेलुङ १-० गोलले पराजित गरेर सिर्जना युवा क्लब हिलिहाङसँग भेट पक्का गरेको छ । फिदिमका लागि अतित आङ्बोले गरेको गोल नै निर्णायक बनेको थियो । दोस्रो हाफको २७औँ मिनेटमा अतितले निर्णायक गोल गरेका थिए । निर्णायक गोलकर्ता अतित नै म्यान अफ दी म्याच बने । उनले नगद १ हजार पाए ।

१२ टिम सहभागी गोल्डकपको फाइनल खेल बैशाख २ गते हुनेछ । विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ । प्रतियोगिताको गोलरक्षक, रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजारसहित ट्रफी पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार ५ सय पाउने छ । भोलि बिहीबार पनि दुई वटा खेल हुनेछन् । पहिलो खेल फिदिम स्पोर्टिङले हिलिहाङसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक याङनामले आनिसाक्थिमबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

Post Comments