News
स्वस्तीश्री गुरुकुलका विद्यार्थीले स्पेनमा फुटबल प्रशिक्षण गर्ने
काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था मध्ये एक स्वस्तीश्री गुरुकुल आइबी वल्र्ड स्कुलका २० विद्यार्थीहरुले स्पेनमा १० दिने विशेष फुटबल प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
त्यसबारे विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी एक कार्यक्रमका बीच सो कुराको जानकारी गराएको हो । हल्याण्ड विश्वविद्यालयको आयोजनामा यही अप्रील १४ देखि २४ तारीखसम्म हुने कार्यक्रममा गुरुकुलले नेपालको प्रतिनिधित्व गर्नेछ ।
टोलीको जिम्मेवारी भने नेपाली राष्ट्रिय फुटबल टोली कै पूर्व कप्तान अनिल गुरुङले सम्हाल्ने छन् । गुरुकुलको फुटबल टोली बिहीबार स्पेनतर्फ प्रस्थान गर्दैछ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन