News स्वस्तीश्री गुरुकुलका विद्यार्थीले स्पेनमा फुटबल प्रशिक्षण गर्ने
गोलनेपाल

काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था मध्ये एक स्वस्तीश्री गुरुकुल आइबी वल्र्ड स्कुलका २० विद्यार्थीहरुले स्पेनमा १० दिने विशेष फुटबल प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

त्यसबारे विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी एक कार्यक्रमका बीच सो कुराको जानकारी गराएको हो । हल्याण्ड विश्वविद्यालयको आयोजनामा यही अप्रील १४ देखि २४ तारीखसम्म हुने कार्यक्रममा गुरुकुलले नेपालको प्रतिनिधित्व गर्नेछ ।

टोलीको जिम्मेवारी भने नेपाली राष्ट्रिय फुटबल टोली कै पूर्व कप्तान अनिल गुरुङले सम्हाल्ने छन् । गुरुकुलको फुटबल टोली बिहीबार स्पेनतर्फ प्रस्थान गर्दैछ ।

Post Comments