News लुम्बिनी ज्ञानज्योतिलाई उपाधि
गोलनेपाल

ओमसतिया । प्रथम कर्म ज्योति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी ज्ञानज्योति क्लब, सियारीले जितेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको फाइनलमा लुम्बिनीले चरङ्गे फुटबल क्लबलाई ३–१ ले हराउँदै विजेता बनेको हो ।

विजेता लुम्बिनी ज्ञानज्योतिले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता चरङ्गेले नगद २५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । लुम्बिनीका दिपेश परियार उत्कृष्ट गोल रक्षक चुनिए भने चरङ्गेका जितेश गुरुङ्ग सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रखुम अतिथी स्थानीय समाजसेवी मन कुमारी थापा, प्रतियोगिता संयोजक विश्वास गुरुङ्ग, आयोजक क्लबका अध्यक्ष आकाश गुरुङ्ग लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

गाउँघरको फुटबल विकास गर्ने र फुटबल खेलाडीहरुलाई अवसर र प्रोत्साहन दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक कर्म ज्योति युवा क्लब, ओमसतिया–२, कर्मडाँका अध्यक्ष आकाश गुरुङ्गले बताए । उनले सहयोगी र शुभेच्छुकहरु सबैलाई धन्यवाद र आभर प्रकट गर्दै प्रतियोगितालाई आउने दिनहरुमा अझै सभ्य र भव्यताका साथ आयोजना गर्ने योजना रहेको समेत बताए ।

गत चैत १६ गतेबाट शुरु प्रतियोगितामा कुल २२ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक विश्वास गुरुङ्गले जानकारी दिए ।

Post Comments