News चन्द्र स्मृति कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

मेहेलकुना । श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा बैशाख २ गते शनिबारदेखि शुरु हुन गईरहेको चन्द्र स्मृति कपको तयारी पूरा भएको छ ।

आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । सुर्य ज्योति माविको खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन तीन खेलहरु हुनेछन् । उद्घाटन खेलमा बिहान ८ बजे गुमी चुली र गुर्भाकोट १२ भिड्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख ८ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments