
पोखरा । मोफसलको परिचित र प्रतिष्ठित मध्ये एक सहारा क्लब, पोखराद्वारा सञ्चालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी, पोखराको चौथो ब्याजका लागि नयाँ भर्ना खुलेको छ । निःशुल्क खाना, आवास, शिक्षा र फुटबल प्रशिक्षणसहित एकेडेमीको नयाँ भर्नाबारे क्लबले सूचना प्रकाशित गरेको छ ।
दुई दशक भन्दा बढी मोफसलको फुटबलसँगै सामाजिक कार्यमा पनि आफूलाई फरक ढंगले क्रियाशील राखी अघि बढिरहेको सहाराले हाल क्लबको २५ वर्ष पूरा गरेको अवसरमा क्लबको रजत जयन्ती पनि मनाईरहेको छ ।
नेपालको अन्तर्राष्ट्रिय फुटबलमा अनिल गुरुङ जस्ता खेलाडी उत्पादन गरेको सहाराले कठिन परिस्थितिबाट गुज्रिरहेका थुप्रै बालकहरुलाई फुटबल प्रशिक्षणसँगै आश्रय दिनुका साथै देशलाई पनि राम्रा खेलाडीहरु दिएको सर्वविदितै छ ।
त्यतिमात्र नभएर मोफसल कै प्रतिष्ठित मध्ये एक अन्तर्राष्ट्रिय आमन्त्रण पोखरा गोल्डकपको वार्षिक रुपमा आयोजना पनि गर्दै आईरहेको छ । साथै प्रतियोगिता आयोजनाबाट उठेको संकलित रकम पनि एकेडेमी संचालन मै खर्च हुँदै आएको छ ।
पोखरा–१७ दोबिल्ला स्थित क्लबको आफ्नै मैदान र भवनमा संचालित एकेडेमीमा नयाँ भर्नाका लागि क्लबले निकालेको सूचना विस्तृत रुपमा तल बढ्नुहोस ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड