News युएईः नखिल गुर्खाजलाई उपाधि
गोलनेपाल

काठमाडौं । एनआरएनए, अल ऐन, युएईको आयोजनामा त्यहाँ रहेका आप्रवासी नेपालीहरुबीच भएको न्यु इयर कप फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खाजले जितेको छ । फाइनलमा एनआरएनएलाई हराउँदै नखिल गुर्खाज च्याम्पियन बनेको हो ।

विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद ५,५५५ युएई दिराम हात पार्यो भने उपविजेता एनआरएनले ३,३३३ युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ नखिल गुर्खाजका निर कुमार राई प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक सुनिल श्रेष्ठ बन्दा उत्कृष्ट डिफेन्डर दुर्गा आचार्य चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार अमित तामाङले हात पार्दा फेयर प्ले पुरस्कार रियल गुर्खाले प्राप्त गर्यो ।

नेपाली नयाँ वर्षको अवसरमा युएईमा रहेका नेपाली कामदारहरुबीच आपसी भाईचारा, भेटघाट र स्वस्थ मनोरञ्जनका लागि प्रतियोगिता आयोजना गरिएको एनआरएनए, अल ऐनका अध्यक्ष उज्वल दहालले बताए । साथै यस्ता प्रतियोगितालाई आगामी दिनहरुमा पनि निरन्तरता दिने अध्यक्ष दहालले जानकारी दिए ।

Post Comments