News इभोलुशन कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । बुद्ध जयन्तीको अवसर पारी इभोलुशन क्लब अफ बुटवल, बुटवल–१२, तामनगरको आयोजनामा यही बैशाख १४ गतेदेखि शुरु हुन गईरहेको इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताको तयारीसँगै खेलतालिका पनि सार्वजनिक गरिएको खेल संयोजक सन्त बहादुर श्रीसले बताए । कम समयका बीच तयारी गर्नुपरेकाले जिल्लाका थोरै तर उत्कृष्ट टोलीहरुलाई सामेल गरिएको उनले बताए । बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बैशाख १४ गतेका दिन मुर्गिया एफसी र सिद्धार्थ क्लब भिड्ने छन् ।

प्रतियोगितामा एक आयोजक टोलीसहित कुल ८ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने पनि खेल संयोजक सन्त श्रीसले जानकारी दिए । फाइनल खेल भने बैशाख २२ गते बुद्ध जयन्तीका दिन हुने पनि बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष हिरा कुमारी थापा तरामुले जानकारी दिईन् । त्यस्तै उनले विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताईन् ।

इभोलुन क्लब खेलकुदसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको चर्चा गर्दै अध्यक्ष हिरा कुमारीले प्रतियोगिता र क्लबलाई राष्ट्रियस्तर मै चिनाउन आफूहरु मेहनतका साथ लागिपरेको बताईन् । साथै उनले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सबै सहयोगी र शुभेच्छुकहरुलाई आह्वान समेत गरिन् ।

Post Comments