
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा जारी ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आयोजित महिला फुटबल प्रतियोगितामा मुनाल युथ क्लब फेदाप र म्याङलुङ स्पोर्टिङ तेह्रथुम फाइनलमा प्रवेश गरेका छन् ।
फेदापले कर्णसिं स्पोर्टिङ क्लब ताप्लेजुङलाई सडनडेथमा ७-६ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो ।
यसैगरी, म्याङलुङले आयोजक आठराई गाउँपालिकाको टिमलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलमा सुरुवाती अग्रता म्याङलुङले लिएको थियो । खेलको ९औँ मिनेटमा म्याङलुङकी कप्तान प्रकृति लिम्बूले गोल गरेकी थिइन् । तर, खेलको अन्त्यतिर आठराईले गोल गर्दै खेलमा फर्किएको थियो । आठराईका लागि सुनिता पाँचकोटीले बराबरी गोल गरेकी थिइन् । अन्ततः टाइब्रेकरमा ३-२ गोलले आठराईलाई पराजित गर्दै म्याङलुङले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
विजेताले नगद ८० हजार र उपविजेताले नगद ५० हजार र ट्रफी पाउने आयोजकले जनाएको छ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न