News मनाङले पायो पाँचौं स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार रकम
बिक्रम बानियाँ क्षेत्री

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौडामा माघ २९ गतेदेखि फागुन ११ गतेसम्म संचालन भएको पाँचौं स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विजेता टिम मनाङ मस्र्याङ्दी क्लबलाई पुरस्कार रकम दिईएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य टिका लामाले जानकारी दिएका छन ।

लामाका अनुसार पहिलो किस्ता बापत चार लाख र दोस्रो किस्ता बापत ६ लाख पैसठ्ठी हजार मनाङ मस्र्याङ्दी क्लबको सिद्घार्थ बैङको खातामा जम्मा गरेको जानकारी दिनु भयो ।

प्रक्रियागत रुपमा कानुनी प्रक्रिया पुर्याउनुपर्ने हुदा केही ढिलो भएको लामाले जानकारी दिनुभयो साथै ढिलो चाडो पुरस्कार रकम प्राप्तहुने हुदाँ मिडियामा गएर आयोजकको बदनाम गर्ने उद्घेश्य गलत रहेको जिकिर गर्नु भयो ।

Post Comments