News लिस्नु इभोलुशन कपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी स्व. प्रबुद्ध रोशन श्रेष्ठ स्मृति इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा लिस्नुले माउण्ट स्टार क्लब, बुटवललाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलको दोस्रो हाफतर्फ हिमाल थापाले गरेको एक मात्र गोल लिस्नुलाई सेमिफाइनलमा पुर्याउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता हिमाल थापा नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत बैशाख १५ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक इभोलुशन एफसी र आरकेएफसीबीच हुने खेल संयोजक सन्त बहादुर श्रीसले जानकारी दिए ।

इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष हिरा कुमारी तरामुले जानकारी दिईन । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने बैशाख २२ गतेका दिन हुनेछ ।

Post Comments