News माङ्सेबुङ गाउँपालिका अन्तिम चारमा
गोलनेपाल

नयाँबजार । रोमाञ्चक जितका साथ माङ्सेबुङ गाउँपालिका यहाँ जारी माइजोगमाइ अन्तरपालिकास्तरीय अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वाटरफाइनलतर्फ माङ्सेबुङले देउमाई नगरपालिकालाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ माङ्सेबुङका लागि जिदान राईले गोल गरेका थिए भने देउमाईका लागि धन बहादुर गुरुङले गोल गरेका थिए । टाईब्रेकरमा भने माङ्सेबुङ ४–२ ले विजयी बन्न सफल भयो । खेलमा माङ्सेबुङका रोनिश राई म्यान अफ द म्याच घोषित भए ।

माइजोगमाई गाउँपालिका खेलकुद विकास समिति, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २० हजार हात पार्नेछ भने उपविजेताले १ लाख १० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १९ गतेका दिन हुनेछ ।

Post Comments