News इभोलुशनलाई हाम्रो भविष्यको प्रोत्साहन सहयोग
सुरज राना मगर

बुटवल । इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा जारी इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगितालाई हाम्रो भविष्य अर्गनाईजेशन, बुटवलले प्रोत्साहन स्वरुप सहयोग गरेको छ ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा शनिबार उक कार्यक्रमका बीच हाम्रो भविष्यले इभोलुशन क्लबलाई ४२ थान जर्सी र नगद रकम गरी १ लाख बराबरको सहयोग गरेको हो ।

उक्त सहयोग हाम्रो भविष्य अर्गनाइजेशन, बुटवल, तामनगरका अध्यक्ष धन बहादुर राहादीले इभोलुशन क्लब अफ बुटवल, तामनगरकी अध्यक्ष हिरा कुमारी तरामुलाई हस्तान्तरण गरे । सो अवसरमा दुवै क्लब र संस्थाका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

क्लबलाई खेलकुदको माध्यमबाट धेरैथोरै भए पनि सहयोग गर्न पाउँदा आफूहरु खुशी र उत्साहित बनेको हाम्रो अविष्यका अध्यक्ष धन बहादुरले बताए । क्लबलाई आउने दिनहरुमा पनि सहयोग र प्रोत्साहन गरिरहने योजना रहेको पनि उनले सुनाए ।

त्यस्तै सहयोग प्राप्त गरेपछि इभोलुशन क्लबकी अध्यक्ष हिरा कुमारीले हाम्रो भविष्य परिवारलाई धन्यवादसहित आभार प्रकट गरिन् । सबैको साथ र सहयोगले क्लब अगाडी बढिरहेको बताउँदै उनले क्लबको खेलकुद र सामाजिक गतिविधीलाई निरन्तर अगाडी बढाउँदै लैजाने बताईन् । साथै इभोलुशन कपलाई थप भव्यताका साथ आयोजना गर्ने प्रतिबद्धता पनि जनाईन् ।

 

Post Comments