News फाकफोकथुम गाउँपालिका फाइनलमा प्रवेश
गोलनेपाल

नयाँबजार । संघर्षपुर्ण जितका साथ फाकफोकथुम गाउँपालिका यहाँ जारी माईजोगमाई अध्यक्ष कप अन्तर पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल भिडन्ततर्फ फाकफोकथुमले घरेलु टोली माईजोगमाई गाउँपालिकालाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

माइजोगमाई गाउँपालिका खेलकुद विकास समिति, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २० हजार हात पार्नेछ भने उपविजेताले १ लाख १० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १९ गतेका दिन हुनेछ ।

 

Post Comments