News गोलबजार मेयर गोल्डकप विजेता मकवानपुरको टोली गृहजिल्लामा सम्मानित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सिरहाको गोलबजारमा भर्खरै मात्र सम्पन्न भएको छैठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि बिजेता टिम मकवानपुर–११ का खेलाडी तथा अफिसियलहरुलाई नगद ११ हजार ११ सहित सम्मान गरिएको छ ।

बैशाख ९ गते देखी सुरु भएर १७ गते समापन भएको फुटबल प्रतियोगितामा मकवानपुर ११ ले सलहेश युवा क्लब, सिरहालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको थियो ।

सामाजिक बिकास मन्त्रालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले मकवानपुरको नाम राख्ने काम गरेका सम्पुर्ण खेलाडी एवम अफिसियललाई बधाई दिईन् ।

त्यसैगरी मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य टिका लामाले मकवानपुरका खेलाडीहरुले पछिल्लो समय मोफसलको प्रतियोगितामा स्थानिय खेलाडीले गरेको प्रर्दशनबाट नेपाली फुटबलमा हलचल मच्चाउन सफल भएकोमा हार्दिक बधाई दिदै आगामी दिनमा मकवानपुर जिल्ला फुटबल संघले यो युवा टिमलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मकवानप्ुर जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य टिका लामाको सभाअध्यक्षतामा भएको कार्यक्रम बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा भएको थियो ।

बिशेष अतिथीमा बागमती प्रदेश खेलकुद परिषदका सदस्य माधब तिमल्सीना, मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष अरुण बल, युवराज लामा, कोषाध्यक्ष अमृत लुङबा महासचिब छबि सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

Post Comments