News गोलको बर्षा गर्दै अल इन वान फाइनलमा
गोलनेपाल

उदयपुर । फराकिलो जितका साथ अल इन वान क्लब, झापा यहाँ जारी उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा अल इन वानले माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब, सुनसरीलाई ९–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

थरुहट रंगशालामा भएको खेलमा अल इन वानका लागि रजनी थोकरले ४ गोल गरिन् भने सबिता राना मगरले ३ गोल गरेकी थिईन् । त्यस्तै ममता राउत र इशा राना मगरले एक–एक गोल गरे । उता माउण्ट एभरेष्टका लागि बिनिता राईले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् ।

खेलमा अल इन वानका लागि ह्याट्रिकसहित चार गोल गरेकी रजनी थोकर प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

उदयपुर जिल्ला फुटबल संघ, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २३ गतेका दिन हुनेछ ।

Post Comments