News जस्ट जोन फाइनलमा, उपाधिका लागि चात्या सासँग भिडने
गोलनेपाल

कटारी । पाहुना टोली जस्ट जोन फुटबल क्लब, नाइजेरिया उदयपुरमा जारी छैठौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सलहेश युवा क्लब, सिरहामाथि पेनाल्टी शुटआउटमा संघर्षपूर्ण जित हासिल गर्दै जस्ट जोनले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सलहेशका लागि राज भुषालले गोल गर्दा जस्ट जोनका लागि हमजतले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने जस्ट जोन ४–३ ले विजयी बन्यो । खेलमा जस्ट जोनका डोडे म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत अब बैशाख ५ गते शनिबार हुने फाइनलमा जस्ट जोन फुटबल क्लब, नाइजेरियाले चात्या सा फुटबल क्लब, झापासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

गर खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

 

Post Comments