एनी बिर्तामोड युनाइटेड इण्डो-नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ ।
आयोजक बिर्तामोड युनाइटेड एफसीले बिहीबार प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको हो । आयोजक क्लबका अध्यक्ष भेषराज लिम्बू (भुपेन)का अनुसार प्रतियोगितामा १५ लाख ३७ हजार ८८२ रुपैयाँ आर्थिक संकलन भएको थियो ।
जसमध्ये प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख १८ हजार ९ सय रुपैयाँ खर्च भएको छ । उनका अनुसार देशविदेशमा रहको फुटबलप्रेमी दाताबाट ११ लाख २९ हजार ८८२ रुपैयाँ संकलन भएको थियो भने स्थानीय विभिन्न संघसंस्थाबाट ४ लाख ८ हजार आर्थिक सहयोग प्राप्त भएको थियो ।
गत मंसिर २१ गतेदेखि २९ गतेसम्म भएको प्रतियोगितामा क्लबले १ लाख १८ हजार ९८२ रुपैयाँ प्रतियोगिता सम्पन्न गरेर बचत गरेको क्लबका सहकोषाध्यक्ष योगेश गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि विभिन्न दाताबाट ३ लाखभन्दा बढी आर्थिक सहयोग उठ्न बाँकी रहेको छ ।
प्रतियोगिताकै दौरानमा क्लबका खेलाडी समुन्द्र माझीलाई ४५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो । माझी दुवै मिर्गौला खराब भएर उपचाररत छन् । यस्तै, झापाबाट राष्ट्रियस्तरसम्म पुगेका ८ जना पूर्व फुटबलरलाई नगद ५-५ हजारसहित सम्मान गरेको थियो ।
आठ टिम सहभागी प्रतियोगिताको उपाधि भने इलामको रेड हर्स फुटबल क्लबले जितेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सम्पन्न फाइनल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले हराउँदै रेड हर्सले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै इलामले नगद २ लाख २२ हजार २२२ र ट्रफी तथा उपविजेता धरानले नगद १ लाख ११ हजार १११ र ट्रफी पाएको थियो । यसैबीच, प्रतियोगिताको दोस्रो संस्करणका लागि आगामी बैठकले निर्णय गर्ने क्लबका सचिव सन्तोष राईले जानकारी दिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा