काठमाडौं । इण्डोनेसियन जायन्ट पर्सिजा जकार्ताका लागि व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इष्ट जावा गभर्नर कपमा आकर्षक गोल गरेका छन् ।
जकर्ताले बिहीबार मलेसियन क्लब सबाह एफए विरुद्ध २–० को जित निकालेको खेलमा रोहितले एक गोल आफ्नो नाममा लेखाए । खेलको ३६औं मिनटमा मार्को सिमिकको पेनाल्टी गोलबाट जकार्ताले खेलमा अग्रता बनाएको थियो ।
दोस्रो गोल भने ५२औं मिनटमा रोहितले गरे । सिमिक कै पासमा रोहितले पेनाल्टी एरिया नजिकैबाट बाँया खुट्टाले पोष्टको दाँया बार च्याप्दै गरेको दोस्रो गोलसँगै जकार्ताको जित पक्का गरेका थिए ।
स्मरण रहोस, गभर्नर कपलाई इण्डोनेसियन सुपर लिगको नयाँ सिजन शुरु हुनु अघिको प्रिसिजन तयारी प्रतियोगिताका रुपमा समेत हेरिन्छ । रोहितले हालै जकार्तासँग नयाँ सिजनका लागि आफ्नो सम्झौता नवीकरण समेत गरेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै