News सैनामैना वार्ड कपः फाइनलमा वार्ड नम्बर ४ र ११ भिड्ने
सुरज राना मगर

मुर्गिया । सैनामैना नगर खेलकुद समिति, रुपन्देहीको आयोजनामा जारी सैनामैना वार्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वार्ड नम्बर ४ र वार्ड नम्बर ११ भिड्ने भएका छन् । प्रतियोगिता अन्तरगत बैशाख २७ गते बुधबारका दिन दुई सेमिफाइनल खेलहरु सम्पन्न भए ।

मुर्गिया फुटबल मैदानमा भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर ५ लाई टाईब्रेकरमा ४–१ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ वार्ड नम्बर ५ का लागि कृष्ण घर्ती मगरले गोल गरेका थिए भने वार्ड नम्बर ४ का लागि प्रितम कार्कीले गोल गरेका थिए । खेलमा वार्ड नम्बर ४ का प्रितम कार्की म्यान अफ द म्याच समेत घोषित भए । ्

त्यस्तै दोस्रो सेमिफाइनलमा वार्ड नम्बर ११ ले वार्ड नम्बर १० लाई २–१ ले हरायो । वार्ड नम्बर ११ को जितमा सुरज थारु र अमृत शाहीले गोल गरे । उता पराजित वार्ड नम्बर १० का लागि सुमित श्रेष्ठले गोल गरेका थिए । खेलमा वार्ड नम्बर ११ का सुरज थारु म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बैशाख २९ गते हुने फाइनलमा वार्ड नम्बर ४ र वार्ड नम्बर ११ उपाधिका लागि भिड्ने खेल संयोजक सन्तोष मल्लले जानकारी दिए ।

सैनामैना नगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने समेत संयोजक मल्लले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

Post Comments