News १९औं सैनिक आवासीय महाविद्यालय रनिङ्ग कप शुरु
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । विभिन्न विद्यालयहरूका माझ सद्भाव र मित्रताको आधार तयार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्याउने उच्च लक्ष्यका साथ १९औं सैनिक आवासीय महाविद्यालय अन्तर्विद्यालयस्तरीय रनिङ्ग कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सैनिक महाविद्यालय “ए“ ले नेपाल डनबस्को स्कुललाई ७–१ को फराकिलो अन्तरले हरायो । त्यस्तै अर्को खेलमा विनायक शिक्षा निकेतनले रिपुमर्दिनी सैनिक महाविद्यालयलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्न सफल भयो ।

उद्घाटन कार्यक्रममा महाविद्यालयका प्राचार्य दलप्रसाद पुन, महाविद्यालयका सहायक व्यवस्थापक अधिकृत प्रमुख सेनानी परशुराम थापा लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगितामा १२ विद्यालयका कुल १३ टोलीहरु सहभागि छन् । सहभागि टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments