News
शहिद भिमनारायण गोल्डकपको फाइनल स्थगित, अब बुधबार हुने
धनकुटा । यहाँ जारी १५औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुने भएको छ ।
त्यसअघि जेठ २ गते मंगलबार फाइनल हुने तय भए तापनि भारी वर्षा भएपछि प्रतिकुल मौसमका कारण फाइनल खेल स्थगित गरि बुधबारका लागि सारिएको आयोजकले जनाएको छ ।
तल्लो टुंडिखेल मैदानमा जारी प्रतियोगिताको फाइनलमा प्लानिङ ब्वाईज क्लब, काठमाडौं र बिरगंज युनाइटेड, बिरगंज भिड्ने तय भईसकेको छ ।
शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार पाउनेछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा