News यु–१७ महिला एसियन कप छनौटको दोस्रो चरणमा भारत र बंगलादेशलाई कठिन प्रतिद्वन्द्वी
गोलनेपाल

काठमाडौं । अर्को वर्ष इण्डोनेसियामा हुन गईरहेको एएफसी यु–१७ महिला एसियन कपको दोस्रो चरणको छनौट अन्तरगत दक्षिण एसियाका दुई राष्ट्र भारत र बंगलादेशले कठिन प्रतिद्वन्द्वीहरु पाएका छन् ।

बिहीबार निकालिएको ड्र अनुसार भारत समूह ए मा परेको छ । जहाँ भारतले पूर्व विजेता दक्षिण कोरियासँगै बलियो थाइल्याण्ड र इरानसँग प्रतिस्पर्धा गर्नेछ । स्मरण रहोस, छनौट प्रतियोगिताको पहिलो चरणमा इरानले नेपालसँगै प्रतिस्पर्धा गरेर समूह विजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो ।

त्यस्तै बंगलादेश समूह बी मा परेको छ । जहाँ बंगलादेशले बलिया टोलीहरु अष्ट्रेलिया, भियतनाम र फिलिपिन्ससँग खेल्नेछ । प्रत्येक समूहका शिर्ष दुई टोलीहरु अर्को वर्ष इण्डोनेसियामा हुने एएफसी यु–१७ महिला एसियन कपका लागि छनौट हुनेछन् ।

दोस्रो चरणको छनौट प्रतियोगिताको मिति र आयोजकको घोषणा भने पछि गरिने एएफसीले जनाएको छ । जसमा इण्डोनेसियाले आयोजकको हैसियतमा स्थान बनाईसकेको छ भने जापान, उत्तर कोरिया र चीनले क्रमशः विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा स्थान सुरक्षित गरिसकेका छन् ।

Post Comments