News
उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट

काठमाडौ । एसियाली राष्ट्र उज्वेकिस्तान पहिलोपटक ऎतिहासिक रुपमा फिफा विश्वकपका लागि छ्नौट भएको छ ।
जारी विश्वकपको तेस्रो चरणको एसियाली छ्नौट प्रतियोगितातर्फ उज्वेकिस्तानले समूह ए तर्फ आफ्नो नवौं खेलमा बिहीबार युएईसँग गोलरहित बराबरी खेलेपछी फिफा विश्वकपको टिकट पक्का गरेको हो ।
समूह ए बाट ८ खेलमा २० अंक जोडेको इरान यसअघि नै विश्वकपका लागि छ्नौट भईसकेको छ । त्यस्तै ९ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा रहेको उज्वेकिस्तान समूह ए बाट विश्वकपका लागि सोझै छ्नौट हुने दोस्रो टोली बन्यो ।
उज्वेकिस्तानसँग बराबरी खेलेको युएई भने १४ अंकका साथ तेस्रो स्थानमा छ । युएईको चौथो चरणमा प्रवेश गरेर विश्वकपमा छ्नौट हुने सम्भवना भने कायम छ ।
समूह ए मा यी तीन टोलीहरु बाहेक कतार, किर्गिस्तान र उतर कोरिया पनि छन ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त