News अभिषेकको टोली जेजेको यात्रा समाप्त
गोलनेपाल

काठमाडौं । नेपालका दुई राष्ट्रिय युवा फुटबल खेलाडी अभिषेक रिजाल र अर्पन कार्कीको टोली जेजे स्पोर्टस क्लब माल्दिभ्सको दोस्रो डिभिजनको लिगतर्फ सेमिफाइनलबाट बाहिरिएको छ ।

शुक्रबार राती भएको दोस्रो सेमिफाइनलमा जेजे स्पोर्टसले क्लब भ्यालेन्सियासँग २–३ को हार बेहोर्यो । यो हारसँगै जेजेको लिगको यात्रामा पनि पूर्ण विराम लागेको छ ।

त्यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा सुपर युनाइटेड स्पोर्टसले क्लब पिकेलाई २–१ ले हरायो र लिग उपाधि भिडन्त पक्का गर्यो । अब लिग उपाधिका लागि क्लब भ्यालेन्सिया र सुपर युनाइटेड भिड्नेछन् ।

Post Comments