News मच्छिन्द्र इतिहास रच्न सफल
गोलनेपाल

काठमाडौं । शनिबार भएको शहिद स्मारक ए डिभिजन लिगको निर्णायक भिडन्तमा जित निकाल्दै मच्छिन्द्र फुटबल क्लबले नेपालको घरेलु फुटबलमा इतिहास रच्न सफल भएको छ ।

दशरथ रंगशालामा भएको बहुप्रतिक्षित भिडन्तमा मच्छिन्द्रले बलियो दावेदार मानिएको त्रिभुवन आमीृ क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै पहिलोपटक लिग च्याम्पियन बन्न सफल भयो ।

पहिलो हाफको ३३औं मिनटमा बिकास तामाङको आत्मघाती गोल आर्मीलाई स्तब्ध बनाउन मुख्य कारक बन्यो । शनिबारको खेलमा आर्मीलाई बराबरी नतिजा पनि उपाधि जिताउन प्रर्याप्त थियो । तर, त्यसो हुन सकेन ।

लिगमा शनिबार जुन टोली च्याम्पियन बने पनि नेपालको घरेलु लिगले नयाँ लिग च्याम्पियन पाउने निश्चित थियो । त्यो ऐतिहासिक उपलब्धी हासिल गर्नबाट आर्मी फेरि चुक्यो ।

अन्तिम खेलको निर्णायक भिडन्त पश्चात् १३ खेलबाट ३१ अंक जोडेको मच्छिन्द्र विजेता बन्यो र उपाधिसहित नगद ५० लाख हात पार्यो । उता दोस्रो स्थानमा रहेको आर्मीको २९ अंक रह्यो र ऐतिहासिक उपलब्धी नजिक पुगेर पनि चुक्यो ।

Post Comments