News लुम्बिनी ज्ञानज्योतिलाई डिवाइसी कपको उपाधि
सुरज राना मगर

सियारी । प्रथम डिवाइसी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी ज्ञानज्योति क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी ज्ञानज्योतिले न्यु सनजराईज एफसी, बभनीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

सियारी–१ स्थित कोटहीमाई खेलमैदानमा भएको उपाधि भिडन्तमा लुम्बिनी ज्ञानज्योतिका लागि अनुप बुढा मगर, आशिष राना र दिपेन सेनले एक–एक गोल गरे । विजेता बनेको लुम्बिनी ज्ञानज्योतिले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी न्यु सनराईज एफसीका सुमित मल्लाह घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक लुम्बिनी ज्ञानज्योतिका दिपेश परियार चुनिए । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सियारी–१ का वार्ड अध्यक्ष अरुण कुमार शाही, आयोजक दुर्गा युवा क्लबका अध्यक्ष बाबुराम कुँवर, खेल संयोजक सुबिन विश्वकर्मा, कार्यक्रम सहयोगीहरु सागर राना, यम क्षेत्री लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

दुर्गा युवा क्लब, सियारी–१, कोटहीमाईको आयोजनामा जेठ १ गतेदेखि शुरु प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments